आत्मदाह अर्थात् आफैँलाई जलाएर आत्महत्या प्रयास वा आत्महत्या गरेका खबर बेलाबेला आइरहेका हुन्छन्। आत्मदाह जस्तै जलसमाधि लिनेहरू पनि हुन्छन्। तर, यसरी मृत्युवरण गर्ने मान्छेहरूको गुणगान गाउने समाजले अन्ततः मान्छेलाई आत्महत्या गर्न प्रोत्साहन गर्ने पाटो बिर्सन हुँदैन। जीवन जिउने क्रममा अनेकौँ कठिनाइ भोग्दै गर्दा छिःछिः र दूरदूर गर्ने तर जिउने संघर्षबाट हार मानेर आत्महत्या गर्नासाथ समाज […]