काठमाडौँ। खाना पकाउने (एलपी) ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन्। उपभोक्तालाई प्रतिसिलिन्डर सात हजार रुपैयाँका दरले ग्यास बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका २‚ दुवाकोटका ५७ वर्षीय तुलसीराम त्वयनालाई आज (शनिबार) पक्राउ गरेको हो। निजले सञ्चालन गरेको किराना पसलबाट तीन थान सिलिन्डर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका […]