काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरूले सुनसरीको घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कडा कारबाही गर्न र पीडित नागरिकलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको विशेष समयमा उनीहरूले नागरिकलाई सुरक्षित रूपमा बस्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे। बैठकमा सांसद गुरुप्रसाद बरालले सुनसरीको घटना समाधानमा सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको टिप्पणी गर्दै समाजमा […]