कप्तानगन्ज, सुनसरी। आइतबार रातिको घटनापछि कप्तानगन्जमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। तर, बुधबार रामचोकदेखि दक्षिणतर्फको मस्जिद आसपाससम्म भेटिएका हिन्दु र मुस्लिम समुदायका स्थानीयको आवाज एउटै थियो– घटनाको निष्पक्ष छानबिन होस्, दोषीले सजाय पाओस् तर केही व्यक्तिको कसुरलाई समुदायसँग जोडेर समाज नफुटाइयोस्। बुधबार दिउँसो साढे १ बजे सुनसरीको देवानगन्ज-३ स्थित रामचोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली […]